बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोल्पामा थप स्वास्थ्य सामग्री पठाएको छ।
नेकपा (एमाले)का नेता कुमार दसाैदीको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लालाई थप स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले बताएका छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रोल्पा अस्पताल रेउघा, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा थप स्वास्थ्य सामग्री आएको हाे।
स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख पोखरेलका अनुसार रोल्पा अस्पताल रेउघामा ६ वटा अक्सीजन सिलिण्डर, २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, त्रिवेणी गाउँपालिकामा २५ वटा एन्टिजेन्ट किट, १० वटा डिजिटल थर्मोमिटर, २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ३ वटा पल्स अक्सीमिटर र रुन्टीगढी गाउँपालिकामा ५ वटा अक्सीजन सिलिण्डर, १ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, ५ वटा इन्फ्रयान्ट फरमेन्टर, १ वटा पल्स अक्सीमिटर आएको छ।
एमाले नेता दसाैदीको पलहमा रोल्पामा यसभन्दा अगाडि पनि स्वास्थ्य सामग्री आएको स्वास्थ्य प्रमुख पोखरेलले बताए।
नेकपा एमाले जिल्ला कमिटी रोल्पाको निर्णय अनुसार स्वास्थ्य सामाग्री पहलका लागि केही दिनअघि स्वास्थ्य राज्य मन्त्री नबराज रावतलाई भेटेर उनी जिल्ला फर्किएका थिए।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया