उपप्रधानमन्त्री पोखरेलसहित एमालेका १० मन्त्री बिदा, चार मन्त्रीले मात्र पाए निरन्तरता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्दा एमालेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सात जना मन्त्री फेरेका छन्।

एमालेका १४ जना मन्त्रीमध्ये चार मन्त्रीले मात्र निरन्तरता पाएका छन्। एमालेका १० जना मन्त्री पदमुक्त भएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट शुक्रबार बिदा पाउनेहरुमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षीमन्त्री पद्माकुमारी अर्याल प्रेम आले,  भूमि व्यवस्था तथा सहकारी मन्त्री डा शिवमाया तुम्बाहम्फे, पर्यटनमन्त्री भानुभक्त ढकाल,  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ महिला बालबालिकामन्त्री जुलीकुमारी महतो बिदा भएका हुन्। 

ओली नेतृत्वको सरकारमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्बाङले मात्रै निरन्तरता पाएका छन्। अर्थमन्त्री पौडेलको भने पदोन्नति भएको छ। उनी अब उपप्रधानमन्त्रीसहित अर्थमन्त्री भएका छन्।



विष्णु पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठ तीन उपप्रधानमन्त्री, ईश्वर पोखरेल र प्रदीप ज्ञवाली सरकारबाट बाहिरिँदै, साँझ ८ बजे सपथ ग्रहण 

भौतिक योजना मन्त्रीबाट हटाइएका महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएर फर्किए

स्वास्थ्य मन्त्रालयमा शेरबहादुर तामाङको पुनरागमन 

प्रकाशित मिति: : 2021-06-04 19:23:00

प्रतिकृया दिनुहोस्