बंगलादेशमा मेडिकल शिक्षा पढ्द जाने छात्राबारे विवादास्पद अभिव्यक्तिपछि पदमुक्त भएका एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्।
सामाजिक सञ्जालमा फैलिएकाे उनको भाषणको भिडियाेसहितको विराेधपछि एमालेले उनलाई राजीनामा गराएको थियो प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारबाट २०७५ साल साउन ८ गते कानूनमन्त्रीबाट राजीनामा दिएकाे ३४ महिनापछि फेरि सरकारमा फर्किएका हुन् ।
उनले आज साँझ ८ बजे प्रधानमन्त्री ओलीको उपस्थितमा राष्ट्रपति समक्ष सपथ ग्रहण लिने छन्। माधव नेपाल समूह छाडेर एमालेमा फर्किएपछि उनी एमाले केन्द्रीय कार्यालयको सचिव भएका थिए । उनकी पत्नी उषाकला राई प्रदेश १ सरकारमा मन्त्री छिन् ।