विष्णु पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठ तीन उपप्रधानमन्त्री, ईश्वर पोखरेल र प्रदीप ज्ञवाली सरकारबाट बाहिरिँदै, साँझ ८ बजे सपथ ग्रहण (अपडेटेड)

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र जसपा नेता राजेन्द्र महतो तीन जनालाई उपप्रधानमन्त्री बनाउने भएका छन्। उनीहरुसहित राजपा र एमालेका नयाँ मन्त्रीहरुको सपथग्रहण शुक्रबार साँझ ८ बजे शितलनिवासमा हुने भएको छ।

उपप्रधानमन्त्री पोडेलकाे मर्यादाक्रम माथि रहने छ भने महताे त्यसपछिको मर्यादा क्रममा रहने छन् । महासेठलाई उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री बनाउने छन्। 

एमाले महासचिव रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने सरकारबाट बाहिरिने छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि पार्टीको  जिम्मेवारी सम्हाल्ने गरी सरकारबाट बिदा हुँदै छन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो। जसपाका उपप्रधानमन्त्री महतोसहित आठ जना मन्त्री र दुई राज्यमन्त्री हुने छन् । जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा उपप्रधानमन्त्री राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । 

सबैको जिम्मेवारी भने आजै तोकिने संभावना कम रहेकाे बालुवाटार स्रोतले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-06-04 17:33:00

प्रतिकृया दिनुहोस्