भौतिक योजना मन्त्रीबाट हटाइएका महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएर फर्किए

प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट मन्त्रिमण्डल हेरफेर गरी हटाइएका एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठ पदोन्नतिसहित ओली सरकारमै मन्त्री भएका छन्।

०७६ मंसीर ४ गते भौतिक योजना तथा यातायात मन्त्रीबाट हटाइएका महासेठ उपप्रधानमन्त्री समेत भएर परराष्ट्रमन्त्री बनेका हुन्।

०७४ फागुनमा महासेठसँगै मन्त्री भएका प्रदीप ज्ञवालीलाई पदबाट हटेको डेढ वर्षपछि उनले प्रतिस्थापन गरेका हुन्। प्रधानमन्त्री ओली सरकारले मंसिर ४ मा गरेको मन्त्रिपरिषद विस्तारमा ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए, जसमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा थिए।

पति महासेठ पदबाट हटे पनि उनकी पत्नी जुली महतो मन्त्री भएकी थिइन्। महिला बालबालिका मन्त्री रहेकी महतो बाहिरिएसँगै फेरि महासेठ मन्त्री भए।
 

प्रकाशित मिति: : 2021-06-04 18:35:00

प्रतिकृया दिनुहोस्