काेच अलमुताइरीको नेतृत्वमा नेपालले विश्वकप छनाेटमा देखाएकाे तरक्की

शिलापत्र

काठमाडौँ

 कृष्णसिंह लाेथ्याल

 

बिहीबार कुवेतकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालाको तामक्रम ४२ डिग्री पुगेको थियो । वातावरणीय हिसाबले खेलाडीको लागि कुवेतको यो तामक्रम खेल्न उपयुक्त मानिदैन । 

कोरोना महामारीका कारण फिफाले विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल कुवेतमा खेलाएको हो । 

कोरोना महारामारीको लहर विश्वभर नफैलिएको हुन्थ्यो भने छनोट चरणको खेल हरेक देशले आफ्नै ‘होम ग्राण्ड’मा खेलाउन पाउँथे । र, नेपालले हिजो २० जेठको पहिलो खेल काठमाडौंस्थित दशरथ रगंशाला खेल्थ्याे । 

तर, अब नेपालसहित समूह चरणको ‘बी’ मा रहेका पाँच वटै देश चाइनिज ताइपेई, अस्ट्रेलिया, कुवेत र जोर्डनले छनोट चरणका बाँकी सबै खेल उच्च तापक्रमकाबीच कुवेतमै खेल्नेछन् ।

 यस्ताेमा फिफाले खेलाडीलाई केही राहत भने दिएकाे छ । 

उच्च तामक्रममा खेल्नुपर्ने भएकाले खेलाडीले खेलको पहिलो हाफ र दोस्रो हाफको तीन/तीन मिनेटमा ‘कुलिङ’ समय पाएर आराम गर्ने मौका पाएका छन् । अन्य खेलहरूमा प्रायः यसरी ‘कुलिङ’ समय भनेर दिइँदैन । 

यसरी उच्च तामक्रमका बीच भएको पहिलो खेलमा नेपालले शानदार जित हात पार्दै नेपाली दर्शकको मन जितेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोल निराश पारिदियाे ।

प्रकाशित मिति: : 2021-06-04 13:06:00

प्रतिकृया दिनुहोस्