निर्वासित तिब्बती प्रधानमन्त्री पेम्बाद्वारा पद तथा गोपनीयताको सपथग्रहण

तिब्बतका नवनिर्वाचित प्रधानमन्त्री पेम्बा सेरिङले पद तथा गोपनीयताको सपथ लिएका छन्।

केन्द्रीय तिब्बती प्रशासनक प्रमुख न्यायाधीश सोनम नोरबु डगपोले बिहीबार उनलाई केन्द्रीय तिब्बती प्रशासन (सीटीए) को कार्यालयमा पद तथा गोपनीयताको सपथ दिलाएका थिए।

यस अवसरमा पाँच जनाको उपस्थिति थियो। जसमा नवनिर्वाचित प्रधानमन्त्री सेरिङ, पूर्वप्रधानमन्त्री डा. लोप्साङ साङ्गे, मुख्य न्यायाधीशबाहेक दुई अन्य अतिथि उपस्थित थिए। तिब्बती टेलिभिजनले सपथग्रहण कार्यक्रमको सीधा प्रसारण गरेको थियो।

भर्चुअल कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाले पनि भाग लिएका थिए। केही समयअघि केन्द्रीय तिब्बती प्रशासनको भएको चुनावमा पेम्बाले अध्यक्ष पदमा जित हात पारेका थिए। उनले ३४ हजार ३ सय २४ मत हात पारेका थिए।

उनको प्रतिद्धन्द्धी केसरलङ दोर्जेलाई २८ हजार ९ सय ७ मत प्राप्त भएको थियो। नयाँ अध्यक्षसँगै ४५ सासंदको पनि चुनाव भएको थियो।

चीनले तिब्बतमाथि आधिपत्य जमाएपछि भागेर भारत पुगेका दलाई लामासहितका तिब्बतीहरूले ९० को दशकदेखि बाहिर बसेर आफ्नो नेता चुन्दै आएका छन्।

अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पेम्पालाई बधाई दिएको छ। अमेरिकाले उनीसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताएको छ। 
कोरोनाका कारण यसपालि सपथ कार्यक्रममा सतर्कता अपनाइएको थियो।

प्रकाशित मिति: : 2021-05-27 16:07:00

प्रतिकृया दिनुहोस्