सुधा अत्रि
म्यान्मार सैन्य ‘कू’ यता ७३ जना निर्दोष बालबालिकाले सुरक्षकर्मीको गोलीबाट ज्यान गुमाएका छन्।
गत फेब्रुअरी १५ देखि मे १५ सम्म देशभर सैन्य सत्ताको आतंकले ७३ बालबालिकाको हत्या गरेको राष्ट्रिय एकता सरकार (एनयूजी)ले पुष्टि गरेको छ।
सैन्य जुन्ता शासकले १८ वर्ष मुनिका ७३ जना बालबालिकाको हत्या गरेको छ। ती मध्ये ६३ जना बालक छन् भने ९ जना बालिका रहेका छन्। एक जनाको पहिचान हुन नसकेको बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले जनाएका छन्।

हालसम्म मारिएका बालबालिकाहरू सैन्य ‘कू’को आन्दोलनका क्रममा मारिएका हुन्। उनीहरू केहीको प्रदर्शनका क्रममा हत्या गरिएको छ। कतिपय बालबालिका घरबाहिर निस्किएर खेल्दै गर्दा सैनिकले गोली चलाउदा मारिएका हुन्।
राष्ट्रिय एकता सरकारले प्रकाशित गरेको सूचीभित्र, मिन्टाप, कनी र दिमसो जस्ता स्थानमा हत्या भएका बालबालिकाहरूको संख्या राखिएको छैन। यद्यपि नयाँ सूचीमा भने यी स्थानमा ज्यान गुमाएका बालबालिकाहरूको तथ्याङ्क उल्लेख गरिने बताइएको छ।
जातीय मुठभेड भएका स्थानमा सैन्य शासकको हवाई हमलाबाट थ्रुपै बालबालिका मारिएको बताइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया