'म जति खर्च लागे पनि उपन्यास 'विगतको परिवेशभित्र' किन्छु। पढ्छु। मलाई यो उपन्यास पठाइदिनुहोस्।'
माथिका कुराहरू एक जना बीएड गर्न लागिरहेकी छात्राको मुखारविन्दबाट प्रस्फुटित उद्गार हुन्। छात्राको नाम हो- जेनी सिनच्युरी।
उपन्यास 'विगतको परिवेशभित्र' सन् १९८३ मा मैले गोर्खा पल्टनबाट त्यही वर्ष पेन्सन निस्केको जमापूँजीले छपाएको थिएँ। यसको मोल त्यसबेला २०/- रुपियाँ राखेको थिएँ। गोर्खेले पुस्तक किन्ने त होइन, आफ्नो मन-ज्ञानले यसै कारण मैले यो उपन्यास गोर्खेको घर–घर पुगेर 'पुसिङ सेल' गर्नुपरेको थियो र पनि किन्ने गोर्खेहरू शून्यप्राय: भए। एक जना शिक्षित गोर्खेले त मलाई प्याच्च पनि भयो, 'यत्रो दाम किन राखेको? महल बनाउनु छ कि के हो ?'
यो उपन्यास बनारसमा आफैँ एक्लै गएर छपाएको थिएँ। प्रेसबारे मलाई केही अनुभव थिएन। प्रेसको मालिकले यसै कारण मलाई छपाइमा ठग्यो। 'विगतको परिवेशभित्र'-को छापाइ राम्रो भएन।
यसबारे मैले आफ्नो आत्मकथा 'कारगिल युद्ध-१९९९'मा नफुटेको ऐनाजस्तो छर्लङ्ग व्यक्त गरिदिएको छु। 'पुसिङ सेल' गर्दा मैले नदेखिने अक्षरहरू हातले लेखेर, सच्याएर नै बिक्री गर्थेँ।
हातले एउटा प्रति सच्याउन मलाई तीन घण्टा लाग्छ– एकोहोरो लागेँ भने। तैपनि त्यसबेला गोर्खेहरूले सच्याएको यो उपन्यास पनि नकिनिदिँदा यसमा खर्चेको रुपियाँ उठेन। म भिखारीजस्तै भएँ। अनि त्यस्तै परिस्थितिमा परेर लगभग ४०० प्रति 'विगतको परिवेशभित्र' जलाइदिएँ।
केही प्रति भने अर्कै ठाउँमा भएकोले जल्नबाट बाँच्यो। यिनै प्रतिहरू पछि मैले सच्याएर बिक्री गर्ने गरेँ। पछि यही उपन्यास गुवाहाटी विश्वविद्यालयमा सञ्चालित 'आइडोल' अन्तर्गत नेपाली एमएको पाठ्यपुस्तक हुनपुग्यो तर त्यहाँ पढ्ने एक जना गोर्खे छात्रछात्राले यो उपन्यास आफै मनज्ञानले किनेनन्। मैले नै एकाध विद्यार्थीहरूलाई 'पुसिंग सेल'मा बिक्री गरेको थिएँ।
केही दिन अघिसम्म मसँग सच्याएको एउटै प्रति थियो। त्यो प्रति पनि मैले नातिनी भावनालाई पठाइदिएको थिएँ। मैले सोचेको थिएँ- मसँग एउटै प्रति पनि अब छैन तर संयोगको कुरा भनूँ, किताबको दराजमा कुन्नि कसरी एउटा प्रति 'विगतको परिवेशभित्र' लुकेर बसेको पाएँ। यही प्रति सच्याएर नि:शुल्क आफ्नै खर्चमा उल्लिखित छात्रालाई पठाउनेछु।
पठाउने कारण यो उपन्यास छापिएको ३७ वर्षपछि बल्ल एकजना चेलीले 'म जति खर्च लागे पनि किन्छु ,पढ्छु। पठाइदिनुहोस्। ' भनेकीले। यस उपन्यासबारे जति खर्च लागे पनि किन्छु,पढ्छु भन्ने मेरो जीवनको ऊ चेली मात्र पहिली चेली हो।
'म तपाईँको ब्यांक एकाउण्टमा रुपियाँ हालिदिन्छु 'भनेकी पनि थिई।
गोर्खे समाजमा रुपयाँ-पैसाको बलले मेरा पुस्तकहरू सबै किनिदिने कतिपय धनी गोर्खेहरू छन् तर किनिदिएर पनि मेरा पुस्तकहरू पढिदिँदैनन् भने मैले पुस्तकहरूको मोल मात्र पाएर म लेखक हुनुको के मोल रह्यो र? मैले मोल नै नपाऊँ तर एकजना बुझ्नेले पढिदिए, पुस्तकको मूल्यांकन गरिदिए बल्ल लेखक हुनुको सार्थकता रहनेछ।
यस्ता उत्कृष्ट लेखहरूको आज आएर हामीले मूल्य बुझ्नु पर्छ, मूल्य बुझ्नका लागी हामीले त्यो लेखको मूल्यांकन गर्न पर्छ, जुन कुरा किताब हेरेर मात्र हुन्न पढेर मात्र गर्न सकिन्छ। यसैले यो किताबको खोजी मैले गरे