सुधा अत्रि
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले अदालतबाटै जनअधिकारको पक्षमा सदा–झैं अटल भएर उभिने बताएकी छन्।
सैन्य ‘कू’यता झण्डै चार महिनापछि राजधानी नेपिदोस्थित विशेष अदालतमा उपस्थित भएकी उनले अदालत परिसरमै आफ्ना वकील मीन मीन सोसँग केही मिनेट बिताइन्।
पछिल्लो राजनीतिक अवस्था बारे खुलेर कुराकानी नभएको वकील सो–ले बताए। तर, सुकीको स्वास्थ्य अवस्था भने राम्रो रहेको उनको भनाइ छ।
सैन्य नजरबन्दमा रहेपनि उनी बर्मेली जनताप्रति नै चिन्तित छिन्। सुकीले अदालतबाटै आम बर्मेली जनताको सुस्वास्थ्य र भनाईको कामना समेत गरिन्।
उनले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) जनताको पार्टी भएकाले जनता रहेसम्म पार्टी सदा जीवित रहने वकीलसँगको छोटो संवादमा बताइन्। प्रजातन्त्रको प्रतिक मानिने सुकी एनएलडी पार्टीकी सर्वोच्च नेत्री समेत हुन्।
‘पाटी बनाउनुको मूल उद्देश्य नै जनता हुन्। जनता रहुन्जेल पार्टी रहने छ’, अदालतमा बयान दिन जानूअघि नेत्री सुकीले भनिन्। लगतै, उनले विभिन्न अभियोगमा आफ्नो बयान दिएकी छन्।
नेशनल लिग फर डमोक्रेसी पार्टीकी सर्वोच्च नेत्री सुकीलाई सैनिक सत्ताले फौजदारी अभियोगको बयानका लागि नजरबन्दमा रहेकी सुकीलाई उपस्थित गराएको हो।
उनीविरूद्ध सैनिकले विना–अनुमति वाकिटकी सेट राखेको, कोराना कालिन समयमा नियम उल्लघंन गरेको, जनमानसमा अशान्ति फैलाएको र सरकारी गोपनीयता भंग गरेको जस्ता गम्भीर आरोप लगाएको छ। यी सबै आरोपमा उनले सोमबार विशेष अदालतमा बयान दिएकी छन्।
यसअघि पटकपटक भिडियोमार्फत् अदालतमा उपस्थित गराएपनि उनी यसपल्ट प्रत्यक्ष अदालतमै परिसरमै देखिएकी हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया