राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गरौं: गगन थापा

File Photo RSS
File Photo RSS

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामा मेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएर बिहीबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेता थापाले ओली र भण्डारी दुबैलाई पदमुक्त गर्नुपर्ने बताएका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनको भनाइ छ। 

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो। गनगन गरेर नबसौँ। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

प्रकाशित मिति: : 2021-05-21 07:20:00

प्रतिकृया दिनुहोस्