गोमूत्र पिएपछि कोरोना सङ्क्रमण नहुने भाजपा सांसद्को विश्वास

बिएल संवाददाता

नयाँदिल्ली
Photo - PTI
Photo - PTI

भारतीय जनता पार्टी (भाजपा) सांसद् प्रज्ञासिंह ठाकुरले गोमूत्र पिएपछि कोरोनाको संक्रमण नहुने बताएकी छन्। 

कोरोना भाइरससँग सम्बन्धित थ्रुपै भ्रमहरू चलिहरेका बेला सांसद् ठाकुरले कोरोनाको औषधि गोमूत्र भएको दाबी गरिन्। उनले दिनहुँ गोमूत्र पिइरहेकाले आफूलाई कोरोनाको सक्रमण नदेखिएको उनले एक सार्वजनिक समारोहमा बताइन्। 

उनले भनिन्, ‘म भयानक पीडामा छु तर  दैनिकजसो देशी गाईको मूत्र पिउछु। त्यसैले मलाई कोरोनाको कुनै डर छैन।’ 

गोमूत्र जीवन उपयोगी हुँदा यसले कोरोना भाइरसबाट रक्षा गर्ने सांसद ठाकुरको भनाइ छ। भारतमा भाजपाका कतिपय नेताहरू कोरोनाको औषधि गोमूत्र भएको दाबी गर्दै हिँडिरहेका छन्। तर, चिकित्सकहरूले भने भ्रमपूर्ण तर्क भन्दै यस्तो बोली बन्द गर्न चेतावनी समेत दिइसकेका छन्। 

इन्डियन मेडिकल एसोसिएशनले गोमूत्र वा गोबरबाट कोरोना रोकथाम हुने गलत बुझाइ रहेको बताएका छ। सांसद आफैँ अघिल्लो वर्ष कोरोनाजस्तै लक्षित देखिएपछि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित मिति: : 2021-05-18 17:48:00

प्रतिकृया दिनुहोस्