जसपामा सहमति: ओली सरकारमा नजाने, मौका पाए आफ्नै नेतृत्वमा सरकार बनाउने 

फाइल तस्वीर
फाइल तस्वीर

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ।

जसपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने सहमति भएको छ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन्।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने सहमति भएको छ।

प्रकाशित मिति: : 2021-05-18 15:40:00

प्रतिकृया दिनुहोस्