एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, विष्णु पौडेल र शङ्कर पोखरेल अनुपस्थित

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारसिंहदरबारमा सुरु भएको छ। बैठकमा भीम रावल, विष्णु पौडेल र शङ्कर पोखरेल अनुपस्थित रहेको स्रोतले जानकारी  दियो। 

लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेल बुटवल पुगेका छन् । अर्थमन्त्री पौडेल भने बजेटको काममा व्यस्त छन् । उनी अर्थ मन्त्रालयमै बसेर काम गरिरहेका छन् । नेता रावलको भने आँखा  बिरामी भएकाले पहिले नजाने खबर पठाए पनि पछि गएको एमाले स्रोतले जनाएकाे छ । 

 

पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएका थिए।

कार्यदलमा दुबैतर्फका ५/५ जना नेता छन्। कार्यदलको मंगलबारको बैठकले कार्यविधि पारित गर्नेछ ।

प्रकाशित मिति: : 2021-05-18 15:52:00

प्रतिकृया दिनुहोस्