इजराइल-प्यालिस्टाइन युद्धमा १२६ को निधन, ३१ बालबालिकाले गुमाए ज्यान

(न्युयाेर्कमा प्यालिस्टाइनविरूद निस्किएकाे जुलुस। तस्वीर: एजेन्सी)

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालिस्टाइनमा जारी संघर्षका लागि हमासलाई दोषी ठहर गरेका छन्।

इजरायलले पहिलेदेखि नै हमासलाई आतंकवादी संगठन घोषित गरेको छ। नेतन्याहुले राष्ट्रको नाममा सम्बोधन गर्नेक्रममा जबसम्म निर्णयमा पुगिदैन, त्यतिबेलासम्म इजरायलले युद्ध नछोड्ने बताएका छन्।

उनले गाजापट्टीमा जारी प्रत्युत्तर आक्रमणलाई निरन्तरता दिने बताए। उनले लडाई आतंकविरूद्ध भएको स्पष्ट पार्न खोजेका छन्, जसमा नागरिकको जीवन सुरक्षाका लागि सरकारले हदैसम्मको कार्यवाही गर्ने बताए।

नेतन्याहुले राष्ट्रको नाममा सम्बोधन गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालिस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग कुरा गरेका थिए। अमेरिकी राष्ट्रपतिले लगत्तै नेतन्याहुसँग पनि कुरा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन्।

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेयता बाइडेनले पहिलो पल्ट अब्बाससँग कुरा गरेका हुन्। आइतबार बिहानसम्म एयरस्ट्राइकका कारण १ सय २६ जनाले ज्यान गुमाइसकेका छन्। प्यालिस्टाइनको सबैभन्दा ठूलो शहर गाजामा बिजुली सप्लाई बन्द भइसकेको छ।

अमेरिकाको ब्रुकलिनमा बसोबास गर्दै आइरहेका प्यालिस्टिनी समर्थक शनिबार पूर्ण स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिए। उनीहरू ब्यानरसहित सडकमा निस्किएका थिए।

इजरायल र प्यालिस्टाइनबीच युद्ध भएको आइतबार आठौ दिन हो। यसअवधिमा ३१ बालबालिकाले ज्यान गुमाइसकेका छन्। यसमा ९ सय ५० जना घाइते भइसकेका छन्। मर्नेमा ९ इजरायली र बाँकी प्यालिस्टिनी छन्।

प्रकाशित मिति: : 2021-05-16 18:28:00

प्रतिकृया दिनुहोस्