रामकुमार परियार
नेपाली कांग्रेस संबद्ध प्रवाशी नेपालीहरुले कोरोना प्रभावित नेपालीहरुको निम्ति १० लाख रुपैयाँ बराबरको अक्सिजन एवम् अन्य अत्यावश्यक स्वास्थ सामाग्री सहयोग गर्ने भएका छन्।
कांग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभाग अन्तर्गत विभिन्न देशमा रहेका वैदेशिक शाखाहरुले त्यहाँ रहेका कांग्रेस संबद्ध नेपालीहरु एवम् अन्य शुभेच्छुक नेपालीहरुसंग आर्थिक संकलन गरेर उक्त सहयोग गर्न लागेको हो।
कोभिड-१९ को संक्रमण नियन्त्रण बाहिर गईरहेको स्थितिमा अत्यावश्यक औषधि समेत प्राप्त नगरेका, अक्सिजन नपाएका एवं कमजोर आर्थिक स्थिति भएकाहरुलाई कांग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् उक्त सहायता उपलब्ध गराईने प्रतिष्ठानको युएई शाखा प्रमुख खेमराज बस्नेतले जानकारी दिए।
उनले कोरोनाको महामारीका कारण देश संकटपूर्ण स्थितिमा गुज्रिरहेकोले प्रवाशमा रहेका सबै नेपालीहरुलाई सहयोग अभियानमा संलग्न हुन आग्रह समेत गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया