ओली-माधव पक्षको छलफल सकियो, जेठ २ गते सहमति हुन सक्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। 

करिब चार घण्टासम्म सिंहदरबारमा चलेको छलफलले कुनै ठोस निर्णय भने निकाल्न सकेन।

आगामी जेठ २ गतेको आसपासमा सहमति हुने छलफलमा सहभागी एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिए। साथै छलफलमा कार्यदल टुंग्याउने कुरा उठेपनि कुनै निर्णय हुन नसकेको बताइएको छ। 

छलफलमा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए भने माधव पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्टको सहभागीता थियो। 

प्रकाशित मिति: : 2021-05-14 22:51:00

प्रतिकृया दिनुहोस्