‘धन्यवाद टेकु अस्पताल, मेरी आमा चार दिनमै सञ्चो हुनुभयो’

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

चार दिनअगाडि उनको मुखमा मास्क जोडिएको थियो। संक्रमणका कारण  शिथिल भएको शरीर सकिनसकी चलाउने प्रयास गरिरहेकी थिइन्।

निको हुन्छु वा हुन्न भन्ने भय उनको मुहारमा प्रस्टै देखिन्थ्यो। उपचारपछि निको भए पनि अस्पतालबाट घर कहिले जाने उनलाई पत्तो थिएन।

नियमित श्वासप्रश्वास प्रक्रियामा कहिले फर्किन्छु भन्नेबारे पनि उनी अनभिज्ञ थिइन्।

तर त्यो दिनका लागि उनले लामो समय भने कुर्नुपरेन। अस्पताल बसाइको चार दिन अर्थात् शुक्रबार उनी आफ्नो नियमित श्वासप्रश्वास प्रक्रियामा फर्किइन्। र, कोटेश्वरकी ४७ वर्षीया संगीता खातीको नाकमा जोडिएको अक्सिजन निकालियो।

आधा अनुहार मास्कले छेकिए पनि आँखामा खुसी झल्किरहेको थियो। त्यो खुसी उनलाई टेकु अस्पतालले दिएको थियो। शुक्रबार बिहान करिब १० बज्नै लाग्दा डाक्टर राउन्डमा थिए। उनी एक–एक गर्दै अस्पतालको पेटीमा उपचाररत बिरामीको चेकजाँच गरिरहेका थिए। सबै बिरामीलाई उनीहरूको अवस्थाबारे जानकारी गराउँदै थिए, डाक्टर।

प्रकाशित मिति: : 2021-05-14 21:40:00

प्रतिकृया दिनुहोस्