ग्रीस अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्न मे १४ देखि तयार 

photo: greek city times
photo: greek city times

ग्रीसले ३० भन्दा बढी राष्ट्रका यात्रीहरूको पर्यटकलाई ढोका खोल्ने छ।

मे १४ देखि आगन्तुकलाई क्वेरेन्टाइन नियम खारेज गर्दै कोभिड १९ का नेगेटिभ परीक्षण पर्यटकलाई आफ्नो पर्यटन उद्योग खोल्न पहिलो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

योग्यता पुगेका आगन्तुकहरूले ग्रीसका समुद्रका तटहरु र घामको आनन्द लिन पाउने छन् तर तिनीहरू स्थानीय जस्तै प्रतिबन्धको अधीनमा रहनुपर्नेछ। टेक–वे बाहेक रेस्टुरेण्ट र बारहरू खोल्न भने निषेध नै रहने छ। 

यसबाहेक ग्रीस सरकारले समुद्री  तटका बार, रेस्टुरेण्ट, नियमित बार र क्याफेमा सङ्गीत बजाउन भने निषेध गरिएको छ। 

ग्रीसका एक अधिकारीका अनुसार, प्रत्येक प्रवेश बिन्दुमा द्रूत जाँच गरिने र पोजिटभ टेस्ट पर्यटकलाई क्वारेन्टाइन होटेल तयार छन्। साथै मास्क लगाउने र सामाजिक दूरीसहितका सुरक्षा प्रोटोकलहरू पूर्ण पालना यथावत रहनेछ।
ग्रीसका पर्यटन मन्त्री ह्यारी थिओहरिसले बिस्तारै पर्यटन लयमा फर्काउनलाई प्रयास गरिएको हो।  

मन्त्री ह्यारीले मस्कोको भ्रमणमा गएको बेलाअन्तर्राष्ट्रिय टूर अपरेटरसँगको सम्झौतामा काम गरिरहेको मन्त्रालयका अधिकारीले बताएका थिए। 
यसले ग्रीसलाई ग्रीष्म ऋतु अगाडि पर्यटकको लागि खोल्ने पहिलो प्रमुख यूरोपीय गन्तव्यहरूमध्ये एक बनाएको छ। 

नयाँ नियमअन्तर्गत ईयु, युके, अमेरिका, इजरायल, सर्बिया र युएईबाट आएका आगन्तुकहरू जसले खोप लगाएको छ वा ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर परीक्षण रिपोर्ट लिएर प्रवेश गर्न पाउनेछ।

ग्रीसको २० प्रतिशत जीडीपीभन्दा बढी र अनुमानित २५ प्रतिशत श्रमशक्ति पर्यटन क्षेत्रले धानेको छ। प्रत्येक पाँचमध्ये एक रोजगारी उत्पादन गर्ने पर्यटन अर्थ व्यवस्थाको लागि महत्वपूर्ण छ। विश्व पर्यटन संगठनका अनुसार,  सन २०१९ मा ३.४ करोड अन्तर्राष्ट्रिय पर्यटक ग्रीस भित्रिएका थिए।  
देशको प्रमुख अर्थतन्त्र पर्यटनमा निर्भर छ।

करिव एक दशकलामो आर्थिक संकटबाट बिस्तारै सुधार भएपछि ग्रीसले यात्रालाई प्रोत्साहित गर्न खोप पासपोर्टको सुरूआतको लागि जोडदार अभियान चलाइरहेको छ।

यसले गैरईयू देशहरूको साथ ट्राभल कोरिडोर स्थापना गर्न प्रयास गर्न वार्ता भइरहेको सीएनएनले जनाएको छ। 
करिब एक करोड ७२ लाख जनसङ्ख्या भएको ग्रीसमा हालसम्म तीन लाख ६९ हजार पाँच सय ५५ कोविड-१९ संक्रमित भेटिएका छन् भने ११ हजार दुई सय ११  जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति: : 2021-05-13 16:08:00

प्रतिकृया दिनुहोस्