बुढानिलकण्ठमा देउवा-दाहाल भेटवार्ता

पछिल्लो राजनीतिक अवस्था र सत्ता गठबन्धनका बारेमा थप छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।  प्रचण्ड केही बरेअघि बुढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन्।

भेटमा एमालेबिचको एकता भएको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भइरहेको बुढानीलकण्ठ स्रोतले जनाएको छ। आजै मात्रै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले देउवालाई भेटेर फर्किएका थिए। त्यसपछि प्रचण्ड देउवा निवास पुगेका हुन्।

प्रकाशित मिति: : 2021-05-13 15:49:00

प्रतिकृया दिनुहोस्