राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ।

बुधबार बसेको बैठकले थापालाई दलको नेताबाट हटाइएको सचेतक पियारी थापाले जानकारी दिइन्।

गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोर्चाका महासचिव मनोज भट्टले बताएका छन्।



जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण 

प्रकाशित मिति: : 2021-05-12 15:25:00

प्रतिकृया दिनुहोस्