पर्दाफास
कतारको अदालतबाट कम्पनी परिवर्तनको अनुमति पाएर पनि कार्यरत कम्पनीको अन्यायका कारण एक नेपाली युवाले महिनौंदेखि अलपत्र पर्नु परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका खेमराज खनालले पुरानो कम्पनीको अन्यायका कारण अर्को नयाँ कम्पनी परिवर्तन गर्न नपाएका हुन् ।
खनाल कतारस्थित हस्सानेस्को ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा ७ वर्षदेखि कार्यरत थिए । त्यहाँ उनको कामको क्षमता विकास भए पनि पारिश्रमिक बढ्न सकेको थिएन ।
नयाँ कम्पनीबाट राम्रो रोजगारीको अफर आएपछि उनले पुरानो कम्पनी छाड्न खोजे । कतारमा कुनै कम्पनीमा ५ वर्षसम्म काम गरेपछि स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने कानुनी व्यवस्था छ ।
‘त्यही आधारमा मैले काम गरिरहेको कम्पनीको म्यानेजरलाई भेटेर कम्पनी परिवर्तन गर्न चाहन्छु भन्ने अनुरोध गरेँ । उहाँहरूले हामी दिँदैनौं भन्नुभयो,’ कतारबाट खनालले पर्दाफासलाई भने, ‘मैले यहाँको नियम कानुनले दिन्छ भने म कम्पनी परिवर्तन गर्छु भनेँ । उहाँले मेरो क्युआईडी क्यान्सिल गर्नुभयो ।’
त्यसपछि आफूले लेबरकोटमा उजुरी दिएको उनले बताए । कोठामा पुग्दा कम्पनीका दुई जना मान्छे आएर ‘म मेरो मर्जीले घर जान चाहन्छु कम्पनीले कुनै जबर्जस्ती गरेको छैन’ उल्लेख गरिएको कागजपत्रमा हस्ताक्षर गर्न भनिएको र आफूले नगरेको खनालले बताए ।
यसबारे कतारस्थित नेपाली दूतावासलाई पटकपटक जानकारी गराए पनि साथ पाउन सकेको उनले जानकारी दिए । ‘अदालतमा गएको विषयमा दूतावास बोल्न मिल्दैन भनेर टार्नुभयो, यत्तिकैमा ४ महिना बित्यो,’ उनले भने ।
उनले फेरि त्यहाँको सुप्रिम कोटमा उजुरी दिए । गत ३ फेब्रुअरीमा अदालतबाट उनलाई कम्पनीबाट पाउनुपर्ने १५ हजार ९९७ कतारी रियाल, घर जान चाहेमा टिकट र कतारमै रहन चाहेमा टिकट बराबरको रकम अनि यहाँको कानुन अनुसार कम्पनी परिवर्तन गर्न पाउने दिनुपर्ने फैसला भयो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया