राजधानी दैनिक
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ। प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लि“दै छन्।
यसैगरी, आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हु“दै छ। यी दुई विषय केन्द्रित छलफल जारी छ। ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन्।
तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ। एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ।
शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया