महेश नेपाली
कोरोना संक्रमणको दर उच्च भएपछि जुम्लामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।
कोरोनाबो दोस्रो लहर सुरु भएपछि भाइरस परीक्षणमा संक्रमितको दर ९० प्रतिशत भन्दा बढी पुष्टि भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ।
कोभिड-१९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तीव्ररुपमा बढिरहेकोले जुम्लामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले निषेधाज्ञा गर्न सिफारिस गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो।
संक्रामक रोग ऐन, २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ (३) बमोजिम वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
अनिर्वाय रूपमा मास्क लगाउने, बेला बेलामा साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने र कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने, अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन जुम्लाबासीलाई आग्रह गरिएको छ।
अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई जिल्ला भित्रका औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री वितरण तथा दुवानी सेवा, खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिङ, दरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरु नियमित रूपमा तथा खाद्यवस्तु, ईन्धन (म्यास, पेट्रोल, डिजेल,मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू दिनमा १ पटक बिहान ६ बजेदेखि १ बजेसम्म सुरक्षाका मापदण्ड पालना गरि मात्र खुला गर्ने र अन्य पसल, व्यवसाय, सेवाहरु पूर्णरूपमा बन्द गर्ने गरि निषेधाज्ञा गरिएको छ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्डभित्र रही बढीमा १० जनासम्म कामदार परिचालन गरी कामदारहरुलाई परियोजना निमार्ण स्थलभित्र बसोबासको व्यवस्था मिलाएर विकास निर्माण कार्य संचालन गर्ने, गराउने, व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने।
कृत्रिम अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी, गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।
अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरुले कार्यालयको काम बाधा नपर्ने गरी आवश्यक संख्यामा कर्मचारीहरुलाई मात्र बोलाई कार्य संचालनगर्ने व्यवस्था मिलाउने, सामाजिक परम्पराका कार्यक्रमहरू विवाह, पुजापाठ गर्दा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्ण पालना गरी बढीमा १० जना पर परिवार भित्रका मात्र उपस्थितमा मात्र संचालन गर्ने, गराउने, जिल्ला भित्रका कुनैपनि स्थानमा कुनैपनि किसिमको सभा, समारोह, भेला कार्यक्रम जमघट भई भिडभाड हुने गतिविधि संचालन गर्ने गराउन नपाइने भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया