'डिभोर्स'पश्चात बिल गेट्सले मेलिन्डालाई ट्रान्सफर गरे २.४ अर्ब डलरको सेयर

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Getty image
Photo : Getty image

मंगलबार पत्नीसँग  डिभोर्स गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन्।

विश्वकै चौथो धनी व्यक्तिसमेत रहेका बिल गेट्सले मंगलबार संयुक्त ट्वीट गर्दै पत्नीसँग डिभोर्स गरेको जानकारी दिएका थिए। ट्वीटमा उनले पत्नीसँग डिभोर्स गरे पनि 'बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन'मा सँगै काम गर्ने बताएका थिए।

बिल गेट्सले डिभोर्स गरेकै दिन मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ। 

बिल गेट्सले 'क्यानडियन नेसनल रेलवे कम्पनी' र 'अटोनेसन इन्क'को केही सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर गरेको बताइएको छ। यससँगै मेलिन्डा अब 'बोटलर कोकाकोला फेस्ममा एसएबी' र 'ग्रुपो टेलिभेसिया एसए'की ठूलो सेयरहोल्डर भएकी छन्।



अर्बपति बिल गेट्सले गरे पत्नीसँग डिभोर्स

चर्चित कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यससँगै उनीहरुको २७ वर्ष लामो वैवाहिक सम्बन्धले विश्राम पाएको हो। 

उनीहरुका तीन सन्तान छन्। बिल गेट्सले ट्वीट गर्दै भनेका छन्, ‘हामीले धेरै विचार गरेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’



४६ वर्षको भयो माइक्रोसफ्ट !

माइक्रोसफ्ट यस्तो कम्पनी हो, जसले टाइपराइटरको पुरानो युगबाट मानिसलाई कम्प्युटर युगमा प्रवेश गराएको थियो। विश्वमा एक अर्बभन्दा बढी मानिस हाल विन्डोज–१० को नयाँ भर्सन प्रयोग गरिरहेका छन्।

१९८० को दशकमा माइक्रोसफ्ट बिक्रीको हिसाबले विश्वको सबैभन्दा ठूलो पर्सनल कम्प्युटर सफ्टवेयर कम्पनी बनिसकेको थियो। १९९५ पछि अफिस तथा घरमा पर्सनल कम्प्युटरको प्रयोग तीब्रगतिमा बढ्यो। गेट्सले विन्डोज–९५ को सुरुवात गरे।

प्रकाशित मिति: : 2021-05-06 09:26:00

प्रतिकृया दिनुहोस्