अर्बपति बिल गेट्सले गरे पत्नीसँग डिभोर्स

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : tmz.com
Photo : tmz.com

चर्चित कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्।

विश्वकै चौथो धनी व्यक्ति रहेका बिल गेट्सले सामाजिक सञ्जालमार्फत पत्नी मेलिन्डा गेट्ससँगको सम्बन्धलाई पूर्णविराम दिएको जानकारी दिएका हुन्।

यससँगै उनीहरुको २७ वर्ष लामो वैवाहिक सम्बन्धले विश्राम पाएको हो। उनीहरुका तीन सन्तान छन्। 

बिल गेट्सले ट्वीट गर्दै भनेका छन्, ‘हामीले धेरै विचार गरेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’

उक्त दम्पतिले 'बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन' पनि चलाउँदै आएका थिए। सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनमा भने सँगै मिलेर काम गर्ने बिल गेट्सले बताएका छन्। 



४६ वर्षको भयो माइक्रोसफ्ट !

माइक्रोसफ्ट यस्तो कम्पनी हो, जसले टाइपराइटरको पुरानो युगबाट मानिसलाई कम्प्युटर युगमा प्रवेश गराएको थियो। विश्वमा एक अर्बभन्दा बढी मानिस हाल विन्डोज–१० को नयाँ भर्सन प्रयोग गरिरहेका छन्।

१९८० को दशकमा माइक्रोसफ्ट बिक्रीको हिसाबले विश्वको सबैभन्दा ठूलो पर्सनल कम्प्युटर सफ्टवेयर कम्पनी बनिसकेको थियो। १९९५ पछि अफिस तथा घरमा पर्सनल कम्प्युटरको प्रयोग तीब्रगतिमा बढ्यो। गेट्सले विन्डोज–९५ को सुरुवात गरे।

यसमा स्टार्ट मिनु पहिलो पल्ट प्रयोगमा आयो। विन्डोज–९५ बजारमा आएको पाँच सातामै ७० लाख कपी बिक्री भइसकेको थियो। 

सन् १९९० को दशक विकासशील देशमा पनि इन्टरनेटको प्रयोग बढ्यो। यसैले १९९५ मा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको नाममा आफ्नो छुट्टै ब्राउजर पनि प्रयोगमा ल्यायो।

१९९८ मा अमेरिकाको कानुन मन्त्रालय र २० राज्यका महान्यायाधीवक्ताले माइक्रोसफ्टविरूद्ध ‘एन्टीट्रस्ट’ कानुन उल्लंघनको आरोप लगायो। माइक्रोसफ्ट माथि प्रतिस्पर्धी कम्पनीलाई प्रतिस्पर्धा गर्न नदिन बजारको मौजुदा अवस्थाको लाभ उठाएको आरोप लाग्यो। यद्यपि २००१ मा यो मुद्धाको फैसला निस्कियो। यसपछि त कम्पनीले एक्सबक्स कन्सोलसँग मिलेर भिडियो–गेम नै बजारमा प्रवेश गरायो। 

अहिले माइक्रोसफ्ट कम्पनीलाई माइन्स गरेर कुनै कुराको कल्पना गर्न सकिन्न।

प्रकाशित मिति: : 2021-05-04 08:17:00

प्रतिकृया दिनुहोस्