बीचमै फिर्ता बोलाइँदा कूटनीतिक मर्यादामा आँच आउँछ : महेशराज दाहाल (अन्तर्वार्ता)

थाहा खबर

काठमाडौँ

सरकारले अष्ट्रेलियाका राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। गत आइतबार बसेको मन्त्रिपरिषद्ले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको तत्कालीन नेकपाले २०७६ जेठमा दाहाललाई राजदूत सिफारिस गरेको थियो। 

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन्। तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।

तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो। उनीसँग गरिएको कुराकानीको अंश 

नेपाल सरकारले तपाईलाई फिर्ता बोलाउने निर्णय गरेको छ, यो निर्णय कसरी थाहा पाउनुभयो?

बिहान उठ्ने बित्तिकै मन्त्रिपरिषद्को बैठकले मलाई फिर्ता बोलाउने निर्णय गरेको भनेर मैले सामाजिक संजालहरूमा पढें।  नेपालमा राति नै भएकोले उता सम्पर्क गर्न सकिएन, केही समयपछि इमेलमार्फत औपचारिक पत्र पनि पाएँ। 

यो निर्णयलाई कसरी लिनुभएको छ त? 

ठ्याक्कै भन्नुपर्दा आश्चर्यचकित छु। २०७६ सालको असोजमा मलाई अस्ट्रेलियाको राजदूतका रुपमा नियुक्त गर्दा ४ वर्षका लागि गरिएको थियो र मैले त्यसै हिसाबले कार्ययोजना बनाउँदै बढाउँदै गरेको अवस्थामा यो निर्णय भएको छ।

यसरी बीचमै एउटा राजदूतलाई फिर्ता बोलाइँदा कुटनीतिक वृत्तमा कति असर पार्न सक्छ भन्ने मूल्यांकन नगरिकन यो निर्णय भयोजस्तो लाग्छ। तर पनि जुन सरकारले मलाई नियुक्त गरेको थियो उसैले फिर्ता पनि बोलाएको छ, त्यसैले मैले स्वाभाविक नै लिएको छु। 

प्रकाशित मिति: : 2021-05-05 18:32:00

प्रतिकृया दिनुहोस्