बुधबार, १७ डिसेम्बर २०२५

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

फाइल तस्वीर
• • •

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो। यसअघि मंगलबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो।

पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे।

मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेनमा बसेका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!