लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी चार दलले बहिष्कार गर्ने भएका छन्।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेल अल्पमतमा रहको दावी गर्दै ‘अवैधानिक सरकार’लाई बहिष्कार गर्ने घोषणा गरेका हुन्।