हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

Keertipur
Keertipur

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा कमी आएको छ। 

जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ। लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ।

यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिँउदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताए। 

'हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो। सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो। एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो' उनी भन्छन्। 

यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए। प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि  तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उनी जोड दिन्छन्। 

आकासेपानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन्। खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदेबाली लगाएकामा छ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले नौ हजार ३३६ मेट्रिक टन हिँउदे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए। 

जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ। सिँचाइ नभएको ठाउ“मा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ। जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ। 

यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ। खडेरीका कारण जिल्लाको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य सङ्कट हुने विष्टले बताए। यसपालि खडेरीले उत्पादनमा क्मी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ। 

 जोखिममा रहेका बालबालिकालाइ ट्रयाकसुट र स्टेसनरी वितरण    

जिल्लाका दुई गाउँपालिकाका बालबालिकालाई ट्रयाकसुट र स्टेसनरी वितरण गरिएको छ। प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा अध्यनरत बालबालिकालाई ट्रयाकसुट र स्टेसनरी वितरण गरिएको हो। 

बाल प्रायोजन कार्यक्रमअन्र्तगत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उदेश्यले तीन हजार ४०० बालबालिकालाई ती सामग्री वितरण गरिएको समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए।

केदारस्युँ गाउँपालिकामा रहेका २२ वटा विद्यालय र जयपृथ्वी नगरपालिकाभित्रका २७ वटा विद्यालयका स्रोत शिक्षकहरुलाई प्रारम्भिक स्वास्थ्यको बारेमा तालीम समेत दिएर विद्यालयहरुलाई बालबालिकाको तौल नाप्ने मेसिन, उचाइ नाप्ने फित्ता, आँखाको दृष्टि जाँच गर्ने चार्ट, कानको सुन्ने शक्तिलगायतका सामग्रीहरुसमेत उपलब्ध गराएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-03 16:40:00

प्रतिकृया दिनुहोस्