मधुसूदन भट्टराई
म्यान्मार सेनाले सत्ताहरण गरे–पश्चात् विभिन्न आरोपको सामना गर्दै सैन्य नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की तीन महिनादेखि कसैको सम्पर्कमा छैनन्। सेनाले उनका वकिललाई समेत प्रत्यक्ष भेट गर्न दिएको छैन।
सैन्य जुन्ताले आफ्ना वकिलहरूसँग प्रत्यक्षरूपमा भेट्न नदिएकोप्रति सु कीले गम्भीर आपत्ति जनाएकोउनकाे पक्षमा वकालत गर्ने वकिल मीन मीन सोले बताएकी छन्। उनले आइतबार अदालतको अनलाइन सुनुवाईमा तानशाही सेनाले भेट गर्न नदिएकोप्रति सु कीको गुनासो रहेको बताइन्।
विगतका अनलाइन सुनुवाईका क्रममा वकिलसँग प्रत्यक्ष भेटवार्ता गर्न न्यायाधीशमार्फत सैन्य अधिकारीहरूलाई बारम्बार आग्रह गर्दापनि सेनाले कुनै वास्ता गरेको छैन। सेनाले नेत्री सु कीसँग उनका वकिलहरुलाई आजसम्म भेट गर्नका लागि अुनमति दिएकाे छैन।
आइतबारको अनलाइन सुनुवाइमा नेत्री सु कीलगायत अन्य नेताहरूको सन्दर्भमा पटकपटक भेट पाउँनुपर्ने तर्कपछि न्यायधीशले सेनाका अधिकारीलाई भेट्ने वातावरणा मिलाउँन आग्रह गरेका थिए। लगतै सेनाका अधिकारीहरुले याे सन्देश सैन्य परिषदको उच्च निकायसम्म पुर्याउने जवाफ बाहेक केही दिएनन्।
सैन्य जुन्ताले नेत्री सु कीलाई पूर्व–आरोपहरु खण्डन नहुँदै एकपछि अर्को आरोप थपिरहेको छ।
अदालतमा भइरहेकाे अनलाइन सुनुवाइमा कडा सुरक्षा व्यवस्था छ। वकिल र सु की दुवैतिर सेनाका सुरक्षाकर्मीहरू हुँदा खुलस्तरूपमा संवाद गर्न सकिएकाे छैन।
आगामी मे महिनाको १० तारिकमा फेरि अर्को अनलाइन सुनुवाई मिति तोकिएको वकिल सोले बताइन्।
सु कीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया