म्यान्मार 'कू': पत्रकार तू तू था छोरासँगै पक्राउ

Photo :The Irrawaddy
Photo :The Irrawaddy

म्यान्मारकी पत्रकार तथा लेखक तू तू था-लाई सैन्य शासन 'जुन्ता'ले पक्राउ गरेको छ।

आर्थिक राजधानी रंगुनस्थित थानलिन वस्तीबाट पत्रकार था-लाई सैन्य परिषद् सदस्यले पक्राउ गरेको 'म्यान्मार नाउ'ले पारिवारिक स्रोतमार्फत् पुष्टि गरेको छ।

उनीसँगै शनिबार राति परिवारका दुई सदस्य र एक छिमेकी पनि पक्राउ परेका छन्। उनीहरु अहिले सैन्य हिरातमा छन्। पत्रकार था–का १८ वर्षीय छोरा, उनका कान्छो भाई र छोराका साथीलाई सुरक्षा फौजले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ।

प्रजातन्त्रको वकालत गर्ने पत्रकार था देशको चर्चित सञ्चारमाध्यम ऐरावती बर्मीज् संस्करणकाे पूर्वसम्पादक समेत हुन्। पछिल्लो समय उनी थानलिन पोष्टको प्रधान सम्पादक रुपमा काम गरिरहेकी थिइन्।

प्रदर्शनकारीको पक्षमा समाचार प्रकाशित गरेकै कारण उनीलगायत थ्रुपै पत्रकार हिरासतमै छन्।

म्यान्मारमा प्रजातन्त्र र स्वतन्त्रताको समर्थन गर्दा पक्राउ परेका ३ हजार बढी नेता, पत्रकार, चिकित्सक, विद्यार्थीलगायत हिरासतमा छन्। उनीहरुको तत्काल रिहाईको माग जताततैबाट उठेपनि सैन्य शासनले कुनै वास्ता गरेको छैन।



म्यान्मार सैन्य ‘कू’विरूद्ध ‘ब्ल्यू शर्ट’ प्रदर्शन

अब हाम्रो पालो आएको छ

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

सैनिक सरकारको बर्बतापछि शरण माग्दै भारत पुगे बर्मेली–नेपाली

मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

'म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ'

प्रकाशित मिति: : 2021-04-26 08:09:00

प्रतिकृया दिनुहोस्