बिएल संवाददाता
पूर्वी युरोपेली मुलुक अल्बानियामा आइतबार संसदको चुनाव शुरु भएको छ।
प्रधानमन्त्री एडी रामाले आइतबार बिहानै एक सन्देश जारी गर्दै स्वतन्त्र र भयरहित चुनावको वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेका छन्। उनी पनि तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्।
प्रधानमन्त्री रामाले आफ्नो पार्टी सोसलिष्ट चुनावमा बहुमत नल्याए पद त्याग्ने घोषणा गरेका छन्।
चुनावमा एक दर्जन विपक्षी दलहरुले डेमोक्र्याट्स नामको गठबन्धन बनाउँदै प्रधानमन्त्री रामालाई चुनौती दिँदैछन्।
डेमोक्रयाट्सका नेता लुलजिम बाशाले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री रामाले दुई कार्यकालमा अल्बानियालाई बर्बाद गरेकाले अब उनलाई मौका दिन नहुनेमा जोड दिए।
चुनावमा सहभागी सबै दल युरोपेली युनियनको सदस्यता लिने पक्षमा उभिएका छन्। जनमत सर्वेक्षणमा रामाको समाजवादी पार्टीले अन्य विपक्षीको तुलनामा अग्रता लिएको देखिएको छ।
रामाप्रति रुष्ट देखिएका राष्ट्रपति एलिर मेटाले आइतबार सबेरै टिरानाको एक मतदान केन्द्रमा गई मतदान गरेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया