बिएल संवाददाता
मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गरेका छन्।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।
उनले भनेका छन्- 'संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनस्र्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ।'
१५ वर्षपछि निर्वाचन हुन लागेको र निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुने उनले बताएका छन्।
यहाँ मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ। सो निर्वाचनका लागि तयारी भइरहेको बताइएको छ।
यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने अपेक्षा गरिएको पनि विश्वास लिइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया