नेपाल पक्षले नटेरेपछि महाधिवेशन आयोजक कमिटीको बैठक डाके ओलीले, कारबाही अघि बढाउने तयारी!

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको हो।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ। नेपाल समूहले कर्णालीमा ह्वीप नाघेर माओवादी केन्द्रको सरकार जोगाइदिएको थियो। कर्णाली प्रदेशका ५ जना नेतालाई आजै कारवाही गर्ने तयारी ओलीको रहेको बुझिएको छ।

यसैगरी ओलीले नेपाल पक्षका २७ जना सांसदलाई पनि कारबाहीबारे छलफल चलाउने भएको छ। पछिल्लोपटक पार्टीको दरार साम्य पार्न ओली र नेपाल होटल मेरियटमा जुटेका थिए। बिहीवार दुई घण्टा चलेको वार्तामा कुनै प्रगति नभएको बताएका नेपालले बताएका थिए।

ओलीसँग दुई घण्टा वार्तापछि होटल मेरियटबाट निस्किने क्रममा सञ्चारकर्मीसँग नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताएका हुन्।

प्रकाशित मिति: : 2021-04-23 09:06:00

प्रतिकृया दिनुहोस्