ओली-नेपाल वार्ताले 'कालो बादलमा चाँदीको घेरा' भेटिएझैं कार्यकर्तामा आशा पलायो

File Photo NABIN POUDEL RSS

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालीबीचको भेटवार्ताले कार्यकर्ताहरूमा एकताको आशा पलाएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री विष्टले जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव भएको बताए। उनले लेखेका छन्, ‘हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन।’

नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसको सन्दर्भमा विष्टले हजारौँ योद्धाको रगत, पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गर्न आग्रह गरे। विष्ट लेख्छन्, ‘आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ।’

विलियम शेक्सपियरको भनाईमा सहमति जनाउँदै उनी लेख्छन्, ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ।’

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ताले कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको उनले जनाए।



उपन्यास 'माटो बोल्दो हो' को प्रसङ्ग र 'बिग बाङ' 

'अहिलेको मौनता तुफान आउनुअघिको सन्नाटा हो' 

विवेक बन्धकी राखेर एमालेवालाहरुले केपी ओलीको ज्यादती धेरै सहने छैनन्

प्रकाशित मिति: : 2021-04-22 09:47:00

प्रतिकृया दिनुहोस्