बुधबार, १७ डिसेम्बर २०२५

इजिप्ट सरकारद्वारा रामदानका अवसरमा हजारभन्दा बढि कैँदी जेलमुक्त

News Image
• • •

मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ।

पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैँद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो। जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैँदीलाई कैँद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैँद भूक्तानी गरिसकेका कैँदीहरूलाई बाँकी कैँद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ।

इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैँदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँ देखि चल्दै आएको छ।

इजिप्टको संविधानअनुसार  शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैँदीको बाहेक अन्य मुद्दामा जेल परेका कैँदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!