बिएल संवाददाता
नेकपा एमालेले समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल पक्षका ३२ नेताहरुलाई स्पष्टीकरण सोधेको छ।
सोमबार बसेको सो पार्टी केन्द्रिय कमिटीको निर्णय अनुसार नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत ३२ जनालाई स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण सोधिने अरु नेताहरुमा पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडा रहेका छन्।
यसैगरी जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाँक्री छन्।
स्पष्टीकरण साेधिएका २७ जना प्रतिनिधिसभा सदस्य हुन् । उनीहरूले दिने स्पष्टीकरणका आधारमा के–कस्तो कारवाही गर्नुपर्ने हो वा होइन भन्ने निश्कर्षमा पुग्ने एमालेले जनाएको छ ।
यस्तै एमालेको ह्वीप उल्लङ्घन गरी माओवादीकेन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासकाे मत दिने कर्णाली प्रदेशसभा सदस्यहरु ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा, देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको एमाले स्रोतले बताएको छ। ह्वीप उल्लङ्घन गर्नेहरूलाई भविष्यमा समेत एमालेका लागि अयोग्य हुने गरी निष्कासन गर्ने संभावना रहेको एमालेकाे उच्च स्रोतले जनाएकाे छ ।
उनीहरुमाथि पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। स्रोतका अनुसार उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया