बिएल संवाददाता
भारतको राजधानी नयाँदिल्लीस्थित जताततै प्रवासी मजदुरको अवस्था दयनीय छ।
एकातर्फ भयावह कोरोना महामारी, अर्कोतर्फ घर फर्किने चिन्ता। बन्दाबन्दीले कामधन्दा रोकिएपछि भौँतारिँदै गल्ली–गल्लीमा भेटिन्छन्, उनै प्रवासी मजदुर।
टाउकोमा सामान, काखमा बच्चा र गाडीमा खुट्टा राख्न तछाडमछाड गरिरहेका उनीहरू चिन्तित छन्। खाली हात घर फर्किनुको पीडासँगै विश्व महामारी कोरोनाको त्रास उस्तै छ।
नयाँदिल्लीस्थित कश्मीर गेटको बसपार्कमा घर–जाने प्रवासीको चहलपहल छ।

सपना र हिम्मत बोकी दिल्ली आएका २६ वर्षीय अंशुल कुमार त्यही भीडमा हराइरहेका छन्। दुई–चार महिना दुःख गरी कमाएको पैसा नै भीडमा खसेपछि आँसु बगाउँदै भन्छन्, ‘अलिकति पैसा थियो, त्यो पनि हरायो। कसरी जाउँ घर।’

प्रवासी मजदुरको मनमा तनावैतनाव हुँदा पनि कतिपय घर फर्किँदाको खुशी ‘भिडियो फोनमार्फत् साटिरहेका छन्। दुःख त हुन्छन् नै तर पनि सेल्फिमा रमाइरहेका छन्। गाडीभित्र बस्ने ठाउँ नहुँदा छतमै यात्रारत छन्।

कोरोनाका कारण भारतीय रेल सेवा बन्द छ। लाखौं यात्रुलाई बसमा सीट पुग्ने कुरै भएन। उनीहरू गाडीभित्र पस्न तछाडमछाड गरिरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया