लुम्बिनी सरकारका चार मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डलमा थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री पाेखरेलकाे सिफारिसमा नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले सपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक बिकास मन्त्रालय, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयलाई बिभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएकाे हाे।

प्रकाशित मिति: : 2021-04-19 17:15:00

प्रतिकृया दिनुहोस्