बाँकेमा १०६ जनामा कोरोना पुष्टि

बाँकेमा शनिबार १०६ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लाको भेरी अस्पतालमा १९० जनामा गरिएको  परिक्षणमा  १०६ जनामा कोरोना पुष्टि भएको हो। शुक्रबार मात्रै बाँकेमा १९९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।

ती मध्ये १२७ जना भेरी अस्पतालमै परिक्षण गरिएका संक्रमित थिए। पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर ह्ववात्तै बढिरहेको छ। यहाँका विद्यालय एक साताका लागि बन्द गरिएका छन्। भेला हुन समेत रोक लगाइएको छ।

यो सँगै बाँकेमा हालसम्म ५५ हजार ७ सय ६७ जनाको कोरोना परिक्षण भएको छ।

कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार १८ पुगेको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार यही अवस्था रहे बाँकेको कोरोना संक्रमण दर नियन्त्रण भन्दा बाहिर जाने सम्भावना बढेको छ। 

बाँकेमा दोस्रो चरणको कोरोना समुदाय स्तरमै फैलिसकेको छ।

प्रकाशित मिति: : 2021-04-17 14:49:00

प्रतिकृया दिनुहोस्