अमेरिकामा अन्धाधुन्ध गोली प्रहारका पाँच घटना 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : NDTV
Photo : NDTV

विश्वकै सबैभन्दा विकसित देशहरुको सूचीमा अग्रपङ्क्तिमा नाम आउने देश हो- संयुक्त राज्य अमेरिका।

अमेरिका धनका हिसाबले होस् या रोजगारीको अवसरका दृष्टिले, विकासका पूर्वाधारका आधारमा होस् या कला-साहित्यका हिसाबले। सबै हिसाबले अमेरिका अन्य मुलुकभन्दा अगाडि नै हुन्छ।

मंगल ग्रह सम्मै चढिसकेको सुसम्पन्न राष्ट्र अमेरिकामा मानवताको कमी हुन थालेको छ। पछिल्ला केही महिनायता वृद्धि भइरहेका अमानवीय क्रुर अपराधहरुलाई हेर्दा यो प्रष्ट हुन्छ।

सम्पूर्ण विश्व नै ठप्प पार्ने कोरोना भाइरसबाट सर्वाधिक नोक्सानी व्यहोरेको अमेरिकालाई हत्या–हिंसाले पनि पिरोल्न थालेको छ। जबर्जस्ती हतियारको हिंसामा होमिन पुगेका छन्- अमेरिकी जनता। 

सन् २०१९ मा मात्र अमेरिकामा सशस्त्र हिंसाका कारण १५ हजारभन्दा बढीले ज्यान गुमाउनु परेको थियो। अमेरिकामा सन् २०२१ को जनवरीयता मात्र सामूहिक गोली प्रहारका १३० घटना भएका छन्।

तीमध्ये पाँच मुख्य घटना यहाँ प्रस्तुत गरेका छौँ:

१. भर्जिनिया तटको गोली प्रहार

अमेरिकाको तटीय राज्य भर्जिनियाको समुद्री तटमा भएका दुई भिन्न अन्दाधुन्द गोली प्रहारमा परी गत महिना मात्र २ जनाले ज्यान गुमाए। प्रहरीका रिपोर्टका अनुसार, दुई जनाले ज्यान गुमाए। अनि अरु आठ जना गम्भीर घाइते भएका थिए।

२. क्यालिफोर्नियामा नाबालकमाथि हमला

क्यालिफोर्नियाको लिङ्कन एभिन्यूस्थित  एक कार्यालय भवनमा एक जनापुरुषले अन्धाधुन्दा गोली चलाउँदा एक जना बालकसहित चार जनाको ज्यान गयो। त्यहाँका गभर्नर गविन न्युसमले यो घटना हृदयविदारक भएको भन्दै ट्वीट गरेका थिए।

३. मजूरीको स्टोरमा अन्धाधुन्ध गोली प्रहार

मजूरी-आर्कान्सास बोर्डस्थित एक दैनिक उपभोग्य सामग्र पसलमा भएको गोलीबारीमा परी एक जनाले ज्यान गुमाएका थिए भने अन्य तीन जना घाइते भए। अपराधमा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।

४. टेनेसीको विद्यालयमा गोली प्रहार

संभावित 'स्कूल शुटर'को जानकारी पाएपश्चात् प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिबाट प्रहरीले केही राउन्ड गोली फायर भएको पेस्तोल समेत बरामद गरेको थियो।

प्रहरी र हतियारधारी बीच भएको दोहोरो भीडन्तमा परी एक जवान घाइते भएका थिए भने नक्सवील अवस्थित उक्त अस्टिन‍-ईस्ट म्यागनेट हाइस्कूलका ३ विद्यार्थीले विद्यालय हाताबाहिर गोली लागी ज्यान गुमाएका थिए।

५. फेडेक्सको कार्यालयमा भएको गोली प्रहार

अमेरिकी कुरियर सेवा प्रदायक कम्पनी- फेडेक्सको इन्डोयानापोलिसमा रहेको कार्यालयमा गत बिहीबार मात्र गोलीबारी भएको थियो। कति मानिसलाई गोली लाग्यो भन्ने तथ्य अहिलेसम्म एकीन नभएको प्रहरीले बताएको छ।

हवाईअड्डानजिकै केही शव र घाइतेहरु फेला परेका छन्।


अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

रुस र यूक्रेनबीचको सैन्य विवादमा अमेरिकाको 'कालो हात' भएको चीनको आरोप 

प्रकाशित मिति: : 2021-04-17 06:30:00

प्रतिकृया दिनुहोस्