अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाईडेनले रुसमाथि प्रतिबन्ध लाउने आदेशमा हस्ताक्षर गरेका छन्।

'साइबर हमला र अन्य शत्रुतापूर्ण कार्य'को आरोप लगाउँदै अमेरिकाले रुसमाथि प्रतिबन्धहरूको घोषणा गरेको हाे।

ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ। ह्वाइटहाउसले "रुसको हानिकारक वैदेशिक गतिविधिहरू" रोक्नु उक्त प्रतिबन्धको उद्देश्य रहेको बताएको बीबीसीले जनाएकाे छ।

वक्तव्यमा गत वर्षको ठूलो "सोलारविन्डस्" ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ।

सन् २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप त्यसमा लगाइएको छ। रुसले ती आरोपहरू अस्वीकार गरेको छ र भनेको छ- उसले त्यस्तै प्रकारले प्रतिउत्तर दिनेछ।

तिबन्धहरू घोषणा भएपछि रुसी विदेश मन्त्रालयले त्यसलाई खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम भनेको छ।



चीनले लद्दाखमा तैनाथ गर्‍याे ‘एचक्यू-९ एयर’

उर्जावान सूर्यबहादुर !

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

प्रकाशित मिति: : 2021-04-16 09:08:00

प्रतिकृया दिनुहोस्