रुस र यूक्रेनबीचको सैन्य विवादमा अमेरिकाको 'कालो हात' भएको चीनको आरोप 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

चीनले रुस र यूक्रेनबीच को सैन्य विवादमा अमेरिकाको 'कालो हात' भएको आरोप लगाएको छ।

अमेरिकाले सधैँ लोकतन्त्रको शब्दजालमा विश्व शान्तिलाई खलबलाउने गरेको आरोप लगाउँदै चीनले यूक्रेनका नेताहरु अमेरिकाको राष्ट्रपति र विदेशमन्त्रीको लोभमा परेको जनाएको छ।

चिनको विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको रिपोर्टमा द्वितीय विश्वयुद्धपछि हालसम्म अमेरिकाका सबै राष्ट्रपतिले विदेशी भुमीमा युद्ध गरेको वा त्यो युद्धसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।

उक्त रिपोर्ट अनुसार द्वितीय विश्वयुद्ध देखी  सन् २००२ सम्म विश्वका १ सय ५३ क्षेत्रमा भएका २ सय ४८ शसस्त्र  मुठभेड मध्ये २ सय १ घटनामा अमेरिका प्रत्यक्ष रुपले सम्बन्धित छ। जो कुल संख्याको करिब ८२ प्रतिशत हो। 

रिपोर्टका अनुसार जुन देशमा अमेरिकी सैनिक प्रवेश गरेको छ, त्यो क्षेत्रमा सामाजिक अवस्था पनि असन्तुलित हुन पुगेको छ।

आफ्नो शासन व्यवस्थालाई  स्वीकार नगर्ने राष्ट्रहरुलाई सत्ता फेर्न बल प्रयोग गर्ने गरेको अमेरिकी नीतिको विरोध गर्दै उक्त रिपोर्टमा भनिएको छ, 'जबर्जस्ती युद्ध गराउने र युद्धग्रस्त देशहरुबाट शरणार्थीको रुपमा ल्याइएका मान्छेहरुलाई सस्तो ज्यालामा काम गराउने अमेरिकी नीति विरोधयोग्य छ।' 

अमेरिकाले लोकतन्त्रको नाममा युद्ध र अशान्तिको निर्यात गर्ने गरेको रिपोर्टमा आरोप लगाइएको छ
 

प्रकाशित मिति: : 2021-04-15 09:28:00

प्रतिकृया दिनुहोस्