सुत्नु अघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !

IAUA
IAUA

राती सुत्न अघि झगडा बिर्सेर मन शान्त राखी सुतेमा मानिस लामो उमेर बाँच्ने र स्वस्थ रहने अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको छ। 

अनुसन्धानका अनुसार, एक मानिसले कुनै पनि कारण भएको झगडालाई दिनको अन्त्यमा समाधान गरे यसले अर्को दिनलाई असर गर्दैन।

दुई हजारभन्दा बढी मानिसमा गरेको अनुसन्धानमा ३३ वर्षदेखि ८२ वर्ष उमेरका मानिसलाई समावेश गरिएको थियो। आठ दिनसम्म प्रत्येक व्यक्तिको भावना र अनुभवको बारेमा प्रश्न गरिएको थियो। 

अनुसन्धानको क्रममा ४५ वर्ष वा सोभन्दा कम उमेर समूहका मानिसको तुलनामा वृद्ध मानिसहरूले चाँडो नकारात्मक कुरा बिर्सने अन्वेषकहरूको टोलीले पत्ता लगाएको छ।

नकारात्मक कुरालाई आफ्नो दिमागमा ल्याउन नदिएमा मानसिक रूपमा स्वस्थ रहन सकिन्छ। यसविपरीत, कुनै नकारात्मक कुरा मस्तिष्कमा रहिरहेमा तनावको स्तर बढ्छ र यसले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ। 

प्रत्येक मानिसलाई कुनै न कुनै समय तनावको सामना गर्नुपर्ने हुँदा यसलाई पूर्णरूपमा रोक्न नसकिने अध्ययनका शोधकर्ता रोबर्ट टाभस्की बताउँछन्। तर, रिस, तनाव र नकारात्मक कुरालाई केही हदसम्म कम गर्न प्रयास गर्न सकिए स्वस्थ रहन सकिन्छ।


 

प्रकाशित मिति: : 2021-04-14 21:05:00

प्रतिकृया दिनुहोस्