नयाँ वर्षलाई स्वागत गर्दै आफ्नै अनुभूतिमा वर्ष २०७७ लाई फर्केर हेर्दा

लोकान्तर

काठमाडौं

गत वर्ष विश्वले नयाँ वर्ष मनाएन । स्तब्धता, अनिश्चय र भयबीच कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने छटपटीका कारण अघिल्ला वर्षहरूमा झै नयाँ वर्षको उत्साह कत्ति पनि थिएन । 

जीवन कि अरू कुरा भन्ने विकल्पमा सबै मानिस जीवनलाई प्राथमिकतामा राख्न पुग्छन्, जीवन अमूल्य हो र सेलिब्रेसन भन्दा सावधानी सबैको प्राथमिकता थियो । 

नयाँ वर्ष शुरू हुनुभन्दा तीन हप्ताअघिबाट मुलुकभरि बन्दाबन्दी शुरू भयो । करीब ९१ लाख विद्यार्थी कक्षाकोठाबाट घरभित्र बन्द थिए । करीब ६ लाख सार्वजनिक क्षेत्रका कर्मचारीहरू अत्यावश्यक सेवामा रहने बाहेक घरभित्र थिए ।

कल कारखाना, यातायात साधन, होटेल, सेवास्थल आदि सबै बन्द थिए । पढाइ हुने कक्षा कोठा आइसोलेसन केन्द्र र क्वारेन्टाइनमा परिवर्तित थिए ।

अस्पतालहरू आत्तिएको तयारीमा थिए । सीमित पत्रिका, त्यसमा पनि अनलाइन पत्रिका र डिजिटल सञ्चार माध्यमले दुःख र भयका सन्देश छाप्थे, सावधानीको शिक्षा दिन्थे ।

प्रकाशित मिति: : 2021-04-14 11:59:00

प्रतिकृया दिनुहोस्