नयाँ वर्षको पात्रो मात्रै परिवर्तन भएको छैन, देशको स्तरपनि परिवर्तन भएको छ: प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा हिंसात्मक बाटोमा हिडेका राजनीतिक दललाई शान्ति प्रक्रियामा ल्याएर महत्वपूर्ण काम गरेको बताएका छन्।

आज नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले भने, 'अब देशमा हिंसा छैन्। जनता राज्यका शक्ति हुन्, हतियार होइनन्। त्यसतर्फ हामीले सफलता पायौँ।'

प्रधानमन्त्री ओलीले विकास निर्माणका गातिविधिमा वृद्धि भएको उल्लेख गरे। उनले विभिन्न सडक विस्तार तथा स्तरनोन्नती भएकोमा खुशीसमेत व्यक्त गरेका छन्। 

उनले सम्बोधनमा भनेका छन्ः 

'देशमा रेल ल्यायौं। केही समस्याले रोकिएको रेल अर्को महिनाबाट सञ्चालनमा आउने छ। पूर्वनिर्माणका काम धेरै जसो सम्पन्न भएका छन्। धरहरा ठडायौँ। विमानस्थलका काममा राम्रो उपलब्धी भएको छ। ६० लाख भन्दा बढि सामाजिक भत्तामा आवद्ध भए। एसिड आक्रमणविरुद्ध नयाँ अध्यादेश ल्यायौँ। पूर्वाधार निमार्णमा र  पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धी हात पार्यौ। मेलम्चीको पानी काठमाडौँका धारामा ल्याउन सफल भयौँ। किसानका लागि मेरो कित्ता कार्यक्रम सुरु हुनेछ, हुम्लाको सिमिकोटमा सडक सञ्जाल जोडिने छ। गत वर्ष लिम्पीयाधुरा र लिपुलेख नेपालको नक्सामा समेट्नु गौरवशाली काम भएको छ। हामीले फेरी बहादुरी देखाएका छौं। नेपाली जनतामा नयाँ आशा पलाएको छ। 

यसबीचमा विभन्न हल्लाका पछाडी नलाग्न अनुरोध गर्छु।

एमसीसीलाई छलफलका लागि संसदमा लैजानमा जोड दियौं। अब युवालाई साथमा लिएर देश विकासको गातिमा हिँड्न जरुरी छ। सरकार युवालाई रोजगारी खोज्न चाहान्छ। अहिले उपलब्ध रोजगारीका काम गर्दै गरौँ। विदेश असुरक्षित छ, अब सरकारले युवालाई विदेश जानुपर्ने अवस्थामा पार्ने छैन। कृषिको आधुनिकीकरणमा जोड् दिएका छौ। सिंचाईका व्यवस्था मिलाएका छौं। नयाँ वर्षको पात्रोको पाना पल्टिएको मात्रै होइन्, स्तरमा पनि परिवर्तन आएको छ। र आउने छ।'
 

प्रकाशित मिति: : 2021-04-14 08:59:00

प्रतिकृया दिनुहोस्