वैशाख ४ गते गुडविल मार्केट लाग्दै

स्वदेशी उत्पादनहरुलाई प्राथमिकता तथा बढावा दिन गुडविलले दोस्रो गुडविल मार्केटको आयोजना गर्ने भएको छ।

पछिल्लो समय नेपाली बजारमा विदेशी उत्पादनहरुको प्रभाव बढ्दै गएको अवस्थामा स्वदेशी उत्पादनलाई बजारमा पुर्याउन गुडविलले वैशाख ४ गते गुडविल मार्केटको आयोजना गर्न लागेको हो।

आगामी शनिबार हुन लागेको गुडविल मार्केटमा म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टले सहकार्य गरेको छ।

विभिन्न स्थानीय उत्पादन तथा खानाको स्टल रहने सो कार्यक्रममा बुद्धिस्ट आर्ट ग्यालरीको आर्ट एक्जिभिसन रहने छ। साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिने गुडविलले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-13 11:59:00

प्रतिकृया दिनुहोस्