एमसीसीलाई संसदमा तुरुन्त बहसको विषय बनाइयोस् : खगराज अधिकारी

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

नेकपा एमाले नेता खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदमा पेश गर्न माग गरेका छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता अधिकारीले सभामुख अग्नि सापकोटासँग संघीय संसदमै रहेको एमसीसीसम्बन्धी प्रस्तावलाई बैठकमा पेस गरी बहसको विषय बनाउनुपर्नेमा जोड दिएका हुन्। 

उनले ‘यो संसदमा तीनचार वर्ष कति वर्षसम्म लड्काउने हो ?’ उनले भने, एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको बिजनेस बनाइयोस्, संसदको विषय बनाइयोस्।’

प्रकाशित मिति: : 2021-04-12 15:55:00

प्रतिकृया दिनुहोस्