नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउन खुलेपछिका तीन महिनामा शल्यक्रिया (सर्जरी) सेवामा नयाँ रेकर्ड नै कायम गरेको छ।

यसअवधिमा मासिकरुपमा ५४७ सम्म सर्जरी सेवा उपलब्ध गराउनसक्षम भएको जानकारी दिइएको छ।

कोभिड–१९ सङ्क्रमण जोखिम अघि सामान्यतया प्रतिमहिना ४२३ सम्म सर्जरी सेवा उपलब्ध हुँदै आएको थियो। कारोनाकाकारण गरिएको बन्दाबन्दीको समयमा भने त्यो सङ्ख्या घटेर १० देखि १२ सम्म झरेको थियो।

कोभिड–१९ कै प्रभावका कारण आर्थिक वर्ष २०७६÷७७ मा उक्त अस्पतालले ७५ हजार ७५१ लाई मात्र आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गर्न सम्भव भएको अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-04-12 10:45:00

प्रतिकृया दिनुहोस्